Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मतदाता परिचयपत्र लुटेर फरार भएका वडाध्यक्ष पक्राउ

    मतदाता परिचयपत्र लुटेर फरार भएका वडाध्यक्ष पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1.3K
    SHARES

    सांकेतिक तस्विर

    दोलखा । प्रहरीले मतदाता परिचयपत्र लुटेको आरोपमा वडाध्यक्षलाई पक्राउ गरेको छ । दोलखाको तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा उक्त वडाका अध्यक्ष महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उक्त वडा कार्यालयका मतदानस्थलबाट १ सय २५ थान नयाँ मतदातालाई वितरण गर्न लागिएको मतदाता परिचयपत्र बुधबार दिउँसो काफ्लेले लुटेर फरार भएको प्रहरीले जनाएको छ ।



    मतदाता परिचयपत्र लुटेर फरार भएका उनलाई स्थानीयले नियन्त्रणमा लिए पनि उनी परिचयपत्र फालेर फरार भएको स्थानीयहरूले बताएका छन् । अहिले वितरणका लागि १ सय २५ थान मतदाता परिचयपत्र सबै मतदान अधिकृतलाई बुझाइएको छ ।



    फरार भएका उनलाई दिउँसो तामाकोसी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काफ्ले २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा नं १ को अध्यक्षमा निर्वाचित भएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार