Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ट्रकबाट खुद्रा सामान र लत्ता कपडा लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

    ट्रकबाट खुद्रा सामान र लत्ता कपडा लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । चितवनमा ट्रकहरूबाट खुद्रा सामान र लत्ता कपडाहरू लुटेको आरोपमा तीनजना पक्राउ परेका छन् । बिरगञ्जबाट खुद्रा सामान र लत्ता कपडाहरू लोड गरी आउँदै गरेका २ वटा ट्रकहरूबाट सामान लुटेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका-२ सिमलघारीका पवन भट्टराई, राप्ती नगरपालिका-८ खुखुरेका मनिष के.सी र खैरहनी नगरपालिका-९ सिमलटाँडीका ऋषिराम शर्मा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बुधबार बिहान सात जनाको समूहले पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर १ नयाँवस्ती सडकखण्डमा ट्रकहरूलाई जवरजस्ती रोकी मालसामानहरू लुटपाट गरेका थिए ।



    सो घटना बारे सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नवराज अधिकारीले घटनामा संलग्न मानिसहरूलाई खोजतलास एवं पक्राउको लागि तत्काल जिल्ला प्रहरी कार्यालय चितवन, ईलाका प्रहरी कार्यालय टाँडी, खैरहनी र भण्डाराबाट समेत व्यापक रूपमा प्रहरी परिचालन गरेका थिए ।



    नकावसहित आएका समूहले बिरगंजबाट आएका ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नम्बर को डिब्बा ट्रकलाई राप्ती १ नयावस्ती स्थित राजमार्ग खण्डमा जवरजस्ती रोकी ट्रकका चालकलाई ज्यान मार्नेसम्मको धम्कीसमेत दिइएको एसपी अधिकारीले बताए ।

    सो घटनाको अनुसन्धान गर्दै जाँदा ट्रकमा रहेका लत्ता कपडा लगायतका केही सामानहरू नकावधारी समूहले ल्याएका प्रदेश २-०३-००१ च ०८४७ र बागमती प्रदेश ०३-००१ च ०६६३ नं। को गाडीमा जवरजस्ती लोड गरी डाँका गरी लगेको खुल्न आएको एसपी अधिकारीले जानकारी दिए ।

    ती सवारी साधनको खोजतलास गर्ने क्रममा बुधबार बागमती प्रदेश ०३-००१ च ०६६३ नम्बरको गाडीमा चितवन राप्ती नगरपालिका वडा नम्बर ८ विरेन्द्रनगरमा फेला परेको उनले बताए । सो गाडीका चालक पवन भट्टराई, गाडीमा सवार मनिष के.सी. लाई तत्काल पक्राउ गरेको थियो ।

    त्यसपछि अर्को सवारी साधन खोजतलास गर्ने क्रममा प्रदेश २-०३-००१ च ०८४७ नं. को सवारी साधन बुधबार नै खैरहनी नगरपालिका वडा नम्बर ९ सिमलटाँडीमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो सवारी साधनका चालक ऋषिराम शर्मालाई पक्राउ गरिएको थियो ।

    पक्राउमा परेका मानिसहरूलाई प्रारम्भिक सोधपुछ गर्दा उक्त डाँका गरी लगेको लत्ता कपडाहरू रत्ननगर नगरपालिका वडा नम्बर १४ लौरीघोलस्थित गाई फाराममा लुकाई छिपाई राखेको अवस्थामा गाई फारामबाट खुद्रा सामान र लत्ता कपडाहरू बरामद गरिएको चितवनका प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

    चोरी गरिएका लत्ता कपडा बाहेक ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नम्बरको डिब्बा ट्रकमा बाँकी रहेका लत्ता कपडा तथा उक्त ट्रकहरू आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको चितवन प्रहरीले जनाएको छ ।

    पक्राउमा परेका मानिसहरूलाई चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भई रहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार