Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • भरतपुर पुगेर फर्किएका गृहमन्त्री खाँड सीधै सभापति देउवालाई भेट्न बालुवाटर पुगे

    भरतपुर पुगेर फर्किएका गृहमन्त्री खाँड सीधै सभापति देउवालाई भेट्न बालुवाटर पुगे

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चितवनको भरतपुर पुगेर फर्किएका गृहमन्त्री बालकृष्ण खाँड प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटर पुगेका हुन् ।

    भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउन तीन दिनदेखि चितवनमा रहेका गृहमन्त्री खाँड काठमाडौँ फर्केर सीधै बालुवाटार छिरेका हुन् ।



    आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । उम्मेदवारहरूलाई निर्वाचन आयोगले भोलि चुनाव चिन्ह प्रदान गर्दैछ ।



    पौडेलले आफू कांग्रेसको उम्मेदवार नभएर स्वतन्त्र उम्मेदवार भएको भन्दै फिर्ता नहुने अडान राखेका थिए । उनले गृहमन्त्री खाँडलाई आफूलाई बागी उम्मेदवार नभन्न पनि आग्रह गरेर पठाएको बुझिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार