Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मिटरब्याज नियन्त्रणका लागि ५ उपायसहित गृहमन्त्रीलाई बुझाइयो प्रतिवेदन

    मिटरब्याज नियन्त्रणका लागि ५ उपायसहित गृहमन्त्रीलाई बुझाइयो प्रतिवेदन

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 915
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । मिटरब्याजको धन्दा नियन्त्रणका लागि सरकारद्वारा गठित अध्धयन समितिले आफ्नो अध्ययन सकेर प्रतिवेदन बुझाएको छ ।

    समितिले उक्त धन्दा नियन्त्रण गर्नका लागि सरकारलाई ५ वटा बुँदामा सुझाव दिएको छ ।



    कार्यदलले तयार पारेको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको छ । गत साउन २७ गते गृहमन्त्रीले मिटरब्याजद्वारा पीडितहरुको माग अनुसार अध्ययन गरी नियन्त्रण उपाय सुझाउन भनी डा. भीष्मकुमार भुसालको नेतृत्वमा कार्यदल गठन गठन गरेका थिए ।



    कार्यदलले मिटरब्याजको समस्या बढी भएका तराईका जिल्लाहरुमा अध्ययन गरेर समाधानका ५ उपायसहित प्रतिवेदन पेस गरेको हो । जसमा प्राप्त उजुरीहरुमाथि तत्काल छानबिन गरेर कारबाहीलाई निरन्तरता दिने, संघीय एकाइहरूको भूमिका र राजनीतिक प्रतिबद्धतामा जोड दिने, सरकारका वार्षिक नीति तथा कार्यक्रममै व्यवस्था गर्ने, ४ कानुनी सचेतना र सुधारका कार्यक्रम ल्याउने तथा सचेतना साक्षरता वित्तीय पहुँच बढाउने लगायत उपाय रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार