Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • एआइजी बढुवाका लागि सशस्त्र प्रहरी बलले निकाल्यो सूचना

    एआइजी बढुवाका लागि सशस्त्र प्रहरी बलले निकाल्यो सूचना

    अनलाइन नेपाल
  • शुक्रबार, १६ बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा हुनको लागि सूचना प्रकाशित गरेको छ ।

    सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीले बढुवा समितिको निर्णय अनुसार पाँच दिने सूचना प्रकाशित गरेको हुन्। सशस्त्र प्रहरी बलमा १९ बैशाखपछि रिक्त हुने एआइजीका दुई पदमा बढुवा प्रक्रिया अघि बढाइएको हो ।



    शुक्रबार एक सूचना जारी गर्दै एआइजी बढुवाका लागि शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका विवरण पेश आह्वान गरिएको छ ।



    एआइजीका दुई पद सशस्त्रमा रिक्त हुँदैछन् । त्यसमा तीन एआइजीबीच प्रतिस्पर्धा हुने भएको छ । नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशी दाहालबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

    यसअघि एक पद रिक्त हुँदा पनि उनीहरुले दाबेदारी पेश गरेका थिए । जसमा राजु अर्याल बढुवा भएपछि उनी आइजिपी हुने पक्का भएको स्रोत बताउँछ ।

    यस्तो छ सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार