Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याल नियुक्त

    सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याल नियुक्त

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई नियुक्त गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र एआईजी अर्याललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।



    नवनियुक्त आईजीपी अर्यालले सोमबारदेखि कार्यभार सम्हाल्नेछन् ।



    ३० वर्षे सेवाअवधिका कारण हालका आईजी पुष्पराम केसीले आइतबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा अर्याललाई बढुवा गरिएको हो ।

    अर्याल केही दिन अघि मात्र एआईजीमा बढुवा भएका थिए । उनी आईजीपीका लागि एक्ला दाबेदार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार