Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सशस्त्रका आईजीपी अर्यालको दुखेसो – रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ

    सशस्त्रका आईजीपी अर्यालको दुखेसो – रासनको समस्या भयो, २०३ रुपैयाँले चार छाक खानुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 7K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सुरक्षाकर्मीलाई दैनिक रासनका लागि छुट्याइने रकम कम भएको गुनासो गरेका छन् ।

    प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सुरक्षाकर्मीलाई रासनका लागि छुट्याइएको रकमबारे सांसदहरूलाई गराउँदै महानिरीक्षक अर्यालले सो गुनासो गरेका हुन् ।



    उनले मुलुकको आर्थिक अवस्था कमजोर रहे पनि दैनिक प्रहरीलाई छुट्याइएको २०३ रुपैयाँले नपुग्ने गरेको बताए । महानिरीक्षक अर्यालको सो कुरालाई सांसदहरूले पनि चासोका साथ लिएको बताइएको छ । यस्तै आईजीपी कुँवरले रासनका लागि आउने रकममा दुरुपयोग नभएकोसमेत दाबी गरे ।



    उनले दोखेसो पोख्दै भने, ‘२०३ रुपैयाँले बिहान चिया अण्डा त्यसपछि खाना (लन्च) त्यसपछि खाजा र बेलुका खाना, चार छाक खानुपर्छ ।’ राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव वैकुण्ठ अर्याल, गृहमन्त्रालयका सचिव दिनेश भट्टराईलगायतको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार