Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • करोडौंको कीर्ते बीलमा मुछिए सशस्त्रका आईजीपी, एसपीसँग मिलेर तीन करोड भुक्तानीको तयारी

    करोडौंको कीर्ते बीलमा मुछिए सशस्त्रका आईजीपी, एसपीसँग मिलेर तीन करोड भुक्तानीको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालले संगठनभित्र सुशासन कायम गर्ने, पारदर्शी सरुवा बढुवा गर्ने जस्ता कुरा गरे पनि ब्यवहारमा त्यसबिपरीत क्रियाकलाप गर्न थालेका छन् ।

    अर्याल आइजीपी भएको एक बर्ष पुग्दा नपुग्दै खरिददेखि सरुवा बढुवामा सशस्त्रभित्र चलखेल हुन थालेका छन् । आइजीपीकै जोडबलमा सशस्त्रमा बिगतमा प्रबन्धमा बसी अकूत सम्पत्ति कमाएका एसपी पूर्ण साउदलाई बिपत उद्धार २० नम्बर गणमा काजसरुवा गरेको ७ महिना भइसकेको अवस्थामा केही दिनअघि भएको सरुवामा त्यहँी दरबन्दी कायम गरेका छन् । २०८१ मा अवकाश हुने एसपी साउदले नागरिक उड्डयन प्राधिकरणको जग्गामा बसेको सशस्त्रको २० नम्बर गणमा रहेका ट्रष्टहरुमा प्लाष्टर गर्न लगाएर त्यसको साढे ३ करोड भन्दा बढीको बिल सशस्त्र मुख्यालयमा पेश गरेका छन् ।



    एसपी साउदले गणकै सशस्त्रका जवानहरुलाई प्रयोग गरी प्लाष्टर गर्न लगाएको र मुख्यालयकै स्काभेटर प्रयोग गरी त्यहीँबाट बालुवा निकालेर प्लाष्टर गर्न लगाएका थिए । सशस्त्रका जवानहरुलाई काठमाडौं महानगरपालिका, मेलम्चीको पानीको पाइप बिछ्याउँदैआएको आयोजना कार्यान्वयन निर्देशनालयले सडकमा पेटी बनाउन राखेका सिमेन्टका ब्लक लगेर, बालुवा त्यहीँको निकाली, सिमेन्टमात्र किनेर ट्रष्ट ढलान गर्न लगाएका एसपी साउदले सशस्त्र मुख्यालयमा बिल भने साडे ३ करोडको पेश गरेको स्रोत बताउँछ ।



    सशस्त्र बसेको विपत उद्दार २० नम्बर गणको जग्गामा अलिकति खन्नेबित्तिकै बालुवा निस्कन्छ । बालुवा, श्रमिक र ब्लक खरिद नै नगरी सशस्त्रको ट्रष्टमा प्लाष्टर गरेको देखाएर उनले साडे ३ करोडको बिल पेश गरेको बुझिएको छ । स्रोतका अनुसार टिपर, स्काभेटर समेत सशस्त्र मुख्यालयबाटै झिकाएर बालुवा निकालिएको थियो । ३० देखि ३५ जना घर बनाउने डकर्मी सशस्त्रकै प्रयोग गरेका गणपति साउदले बिलमा भने एक ज्यामी बराबर दैनिक १ हजार ४ सय रुपैयाँ ज्याला दिनुपर्नेगरी काममा लगाएको बिल पेश गरेका छन् ।

    ज्यामीको १ हजार ४ सय, प्लाष्टर गर्ने मिस्त्रीको १ हजार ५ सय भन्दा बढीको बिल बनाइएको छ । दैनिक ३५ जनाभन्दा बढी ज्यामी र मिस्त्री प्रयोग गरेको बिल उनले बुझाएर सशस्त्र मुख्यालयबाट भुक्तानी लिने तयारीमा छन् । सबै काम सशस्त्रका जवान प्रयोग गरी गराएका उनले नक्कली बिल पेश गरी साडे ३ करोड भुक्तानी लिनका लागि तारतम्य मिलाएको स्रोतको दावी छ । जवानलाई काम लगाएरसाढे ३ करोडको फर्जी बिल पेश गरेर एसपी साउदले ६० प्रतिशत आइजीपी अर्याललाई नै बुझाउनेगरी सेटिङ गरी भुक्तानी लिन लागेको बताइएको छ ।

    यसैगरी, २० नम्बर गणमा ६ सय २५ सशस्त्र प्रहरीको दरबन्दी रहेको छ । बिगत १ बर्षमा देशका २१ वटा गण र बीओपीबाट तानिएका घुमुवा ४० जना पनि त्यहीँ कार्यरत छन् । दरबन्दीका र तानिएकासमेत गरी करिब ६ सय ६५ जना कार्यरत उक्त गणमा १ सय ५० जनालाई राखेर अरु सबै बिदा छाड्ने गरेका छन् ।

    ४ सय जना भन्दा बढीलाई बिदामा पठाउँदा रासनबापतको न्यूनतम १० लाख रुपैयाँ गणपतिलाई फाइदा हुन्छ । मासिक न्यूनतम १० लाख रासनको रकम खाने मौका पाएका उनले त्यसै रकमबाट केही लाख खर्च गरी सिमेन्ट लगायतका केही सामग्री खरिद गरी गणमा प्लाष्टर लगायतका काम गरेर आइजीपी अर्याललाई देखाई दरबन्दी त्यहीँ कायम गराउन सफल भएका छन् ।

    एकातिर दरबन्दी कायम गराउन सफल भएका उनले अर्कोतिर जनशत्तिदेखि स्काभेटर, टिपर सशस्त्रकै प्रयोग गरी साढे ३ करोडको बिलसमेत पेश गरी फाइदै फाइदा लिन लागेका छन् । प्रबन्धमा बसेर बन्दोबस्तीका सामान खरिदमा मनग्ये लाभ लिएका उनले गणपति भएपछि कमाउने नयाँ तरिका अपनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार