Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सशस्त्रका आईजीपीको नीति एउटा, कार्यान्वयन अर्कै

    सशस्त्रका आईजीपीको नीति एउटा, कार्यान्वयन अर्कै

    १९ महिना अवधि पुगेका एसपी सरुवा भएनन्

    अनलाइन नेपाल
  • मंगलबार, १ फाल्गुन २०८०
  • 6.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलले बिहीबार गरेको १ सय एसपीको सरुवामा १९ महिना अवधि पुगेका २० नम्बर गणका गणपति पूर्ण साउदलाई चलाइएको छैन ।

    त्रिभुवन विमानस्थलमा रहेको बिपत ब्यवस्थापन गणका गणपति साउद विभिन्न आर्थिक अनियमिततामा मुछिए पनि उनलाई आईजीपी राजु अर्यालकै विशेष कृपामा त्यहाँबाट सरुवा नगरिएको चर्चा सशस्त्रमा छ ।



    सडकपेटीका ब्लक उप्काएर लगेर गणमा काम गरेको भनी बिल बनाएर खाएको आरोप समेत उनीमाथि लाग्ने गरेको छ । आगामी भदौमा अवकाश हुने उनी सशस्त्रका हरेक आईजीपीका पालामा प्रबन्धमा समेत बसेर अकूत कमाउनेमा पर्दछन् ।



    आईजीपी अर्यालले सशस्त्रका गणहरुमा सबैभन्दा बढी बजेट समेत सोही गणमा छुट्याइदिएको स्रोत बताउँछ । बिश्वासिला एसपी साउदले बजेटको निश्चित प्रतिशत आईजीपीलाई समेत भाग पुर्याउने गरेकाले बजेटमा प्राथमिकता पाउने गरेका छन् ।

    दार्चुलामा हुँदा रासन काण्डमा मुछिएका एसपी त्रिभुवन बिष्टलाई १५ नम्बर गण काभ्रेमा सरुवा गरिएको छ । उनलाई यसअघि टिकापुरको शिक्षालयमा प्रमुख बनाएर पठाइएको थियो ।

    गएको ४ महिनाअघि गृहमन्त्रीस्तरीय निर्णयमा तालिम शिक्षालयहरुमा एसएसपी राख्ने निर्णय गराइएपछि फिर्ता भएका थिए बिष्ट । अहिले उनलाई मापदण्डमा नपरे पनि १५ नम्बर गणमा सरुवा गरिएको छ । उनी पनि आईजीपीका बिश्वासपात्र हुन् ।

    बंगलामुखी कार्यदलका सपी समिक महर्जनलाई एक बर्ष पुगे पनि सरुवा गरिएन । एक बर्ष पुगेका इन्चार्ज हटाउँदा उनी गोलढुंगाका टोलीया भएकाले आईजीपीको निगाहामा टिकेका छन् ।

    शैलेन्द्र खनालको अन्तिम कार्यकालमा महर्जनले झापाको २ नं. गण मागेका थिए । खनालले महर्जनलाई झापा त दिए तर ३८ नम्बर रिजर्भ गणमा पठाए । २ नं. गणको गणपति नपाएपछि ३८ नं. गणमा उनी गएनन् ।

    नेपाली सेनामा हो भने खटाएको ठाउँमा नजानेलाई कोर्टमार्सल नै हुन्थ्यो तर अर्धसैनिक बलका रुपमा स्थापना भएको सशस्त्रमा खटाएको ठाउँमा नजाने महर्जनलाई खनालले नसिहत समेत दिने आँट गरेनन् । जागिरको उत्तराद्र्धमा भएकाले उनले कारबाही गर्न सकेनन् ।

    अर्याल आउनासाथ महर्जनलाई कार्यदलको इन्चार्जमा सरुवा गरी पुरस्कृत गरियो । एक बर्ष पुगे पनि यो सरुवामा उनी परेनन् । सशस्त्र प्रहरी डेमा उनलाई उत्कृष्ट गणपतिका रुपमा सम्मान पनि गरियो । उत्कृष्ट बाहिनी, गण र गुल्मपतिको मूल्यांकन गर्ने जिम्मेवारी एआईजी सीपी गौतमले पाएका थिए ।

    गौतमले ललितपुरको २१ नम्बर गण ख्ुमलटारका एसपी सुमनजंग थापालाई दिन सिफारिस गरेका थिए । गोरखा घर भएका पूर्व एआइजी नारायणबाबु थापाका आफन्त थापा उत्कृष्ट गणपति भएकोमा आईजीपी अर्यालले हस्तक्षेप गरी समिक महर्जनलाई पुरस्कृत गर्ने निर्णय गराएका थिए ।

    सशस्त्रका अरु सबै गणका गणपतिले सीमामा तस्करी नियन्त्रणदेखि बिभिन्न अप्रेसनका काम गर्नुपर्छ । तर हेडक्वार्टरको सुरक्षामात्र गर्ने कार्यदलका एसपीलाई पुरस्कृत गर्दा सशस्त्रभित्र असन्तुष्टि छाएको छ । चौकीदारी गरेकै आधारमा उत्कृष्ट बनाइएको टिप्पणी हुन थालेको छ । उत्कृष्ट बाहिनी, गण र गुल्मपति छान्ने जुन प्रावधान राखिएको हो, त्यसलाई तिलान्जली दिएर समिकलाई उत्कृष्ट गणपतिका रुपमा पुरस्कृत गरिएको छ ।

    रसुवामा डीएसपी हुँदा विवादित दर्शन गिरीलाई ७ नम्बर गण धनुषामा सरुवा गरिएको छ । सुन र रक्तचन्दनमा विवादमा परेका थिए गिरी । उनी आइजीपी राजु अर्यालको जेठो छोराको जन्मदिनको दिन केक बोकेर निवासमा चाकरी गर्न गएको बिषय अहिले पनि सशस्त्रमा चर्चा हुने गरेको छ ।

    सचिवालयका एसपी भानुभक्त लम्साललाई १८ नम्बर गण दिएको चोभारको गणपतिमा सरुवा गरिएको छ । डीएसपी हुँदा नवलपरासीमा तस्करीमा मुछिएका लम्साल केही महिनाअघि तराईका जिल्लामा भन्सार छलीको अनुगमनमा जाँदा विवादित घुमुवाहरुलाई लिएर गएको बिषयमा विवादमा परेका थिए । १८ नम्बर गण चोभारमा अस्पतालमा उपचार गर्न आउने सशस्त्र प्रहरीलाई काजमा खटाउने गरिन्छ ।

    अस्पतालमा उपचारमा आउने देशभरका सशस्त्रप प्रहरीलाई फलोअपका लागि १८ न गणमा काजमा पठाउने गरिन्छ । काजमा बसेका बिरामी गणमा नजाने भएकाले रासनबापतको पैसा कोर्टमार्सल र लेखापालले उनीहरुबाट लिने गर्दछन् । औसतमा एक सय सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि चोभारमा काजमा रहने गर्दछन् ।

    दैनिक एक सय जनाको प्रतिब्यक्ति २ सय १० रुपैयाँका दरले नै मासिक ५ लाख भन्दा बढी लाभ हुने भएकाले १८ नम्बर गणमा जान एसपी, लेखापाल र कोर्टमास्टरले सोर्सफोर्स लगाउने गरेका छन् । दरबन्दीबाहिरका १ सय जना र दरबन्दीकालाई बिदा छाड्दाको रासनको लाभ छँदैछ ।

    २१ न दक्षिणकाली गण खुमलटारमा आईजीपी अर्यालले नचाहँदा नचाहँदै पनि एसपी सुरेन्द्रराज रंजित सरुवा भएका छन् । आईजीपी अर्यालले पठाउनै नखोजे प नि उनी पावर लगाएर गएको स्रोत बताउँछ ।

    पछिल्ला दिनमा आईजीपी अर्यालको एकमात्र उद्देश्य गण गणमा बढी बजेट पठाउने र त्यसबाटै प्रतिशत लिनेतिर केन्द्रित भएको आरोप लाग्न थालेको छ । सशस्त्र प्रहरी ऐनमा आईजीपीको कार्यकाल ३ बर्ष बनाउन लागिएको छ । अर्यालको आगामी चैतमा २ बर्ष अवधि पुग्दैछ ।

    विगतमा ४ बर्ष आईजीपी भएका शैलेन्द्र खनालले तस्करीको सेटिङदेखि सरुवा, बढुवादेखि बजेट पठाएर पनि खाए । अर्यालले भने विश्वासिला केही गणमा विश्वासिला एसपीलाई पठाउने र त्यहीँबाट लिने नीति अंगिकार गरेका छन् ।

    डोलराज अर्याललाई लेखापाल राखेर तेलको बजेटमा समेत आधी गण, गुल्म सबैतिरबाट माथिसम्म कमिसन पुग्ने गरेको छ । इन्धनको बजेट ४० प्रतिशत खर्च गरी ६० प्रतिशत खर्च नगर्न लेखापालहरुलाई निर्देशन गरिएको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार