Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नवनियुक्त आईजीपी सिंहलाई एआईजी धानुकले दिए बधाई

    नवनियुक्त आईजीपी सिंहलाई एआईजी धानुकले दिए बधाई

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र धानुकले नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई बधाई दिएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत एआईजी धानुकले नवनियुक्त आईजीपी सिंहलाई बधाइ दिएका हुन् ।



    एआईजी धानुकले गरिमामय संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सकल दर्जालाई ऐक्यबद्ध गर्दै गतिशिल नेतृत्वको लागि शुभकामना समेत ब्यक्त गरेका छन् ।



    उनले फेसबुकमा लेखेका छन्–‘नेपाल प्रहरीको प्रहरी महानिरीक्षककोरुपमा सहकर्मी मित्र धीरजप्रताप सिंहलाई हार्दिक बधाई !
    गरिमामय संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सकल दर्जालाई ऐक्यबद्ध गर्दै गतिशिल नेतृत्वको लागि शुभकामना !

    आज बसेको मन्त्री परिषद् बैठकले एआईजी सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    मन्त्रीपरिषद्को आज बसेको बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरे ९सिआईबी०का प्रमुख रहेका एआईजी सिंहलाई २९ औं आईजीपी बनाउने निर्णय गरेको हो । प्रहरी संगठनभित्र कमाण्डिङ क्षमतामा अब्बल र निष्कलंक छवी बनाउन सफल एआईजी सिंह २०४९ चैत ११ मा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । जिल्ला, प्रदेश र सिआईबी प्रमुख हुँदा ठूला घटनाहरुको सफल अनुसन्धान गरेका एआईजी सिंह सेवा प्रवेशको ३०औं वर्षमा प्रहरी प्रमुख बन्न सफल भएका हुन् ।

    हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आजैबाट अवकाश पाउँदैछन् । त्यसैले सिंहले आईजीपीको फुली आजै लगाउने र आजैबाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार