Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नवनियुक्त आईजीपी सिंहले भने–संगठनभित्र स्वच्छ प्रतिस्पर्धा स्वाभाविक हो, सबैलाई मिलाएर अगाडी बढ्छु

    नवनियुक्त आईजीपी सिंहले भने–संगठनभित्र स्वच्छ प्रतिस्पर्धा स्वाभाविक हो, सबैलाई मिलाएर अगाडी बढ्छु

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । सिनियर दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुले आईजीपी बढुवाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको बताइरेका बेला नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले भने संगठनभित्र स्वच्छ प्रतिस्पर्धा स्वाभाविक भएकाले अब मिलेरै संगठन चलाउने बताएका छन् ।

    अनलाईन नेपालसँग सबैलाई मिलाएर अगाडी बढ्ने बतएका उनले कानुन र मानवअधिकारको सम्मान गर्दै आक्रामक ‘पुलिसिङ’ गर्ने पनि बताए ।



    सरकारले आईजीपीमा नियुक्त गरे लगत्तै अनलाईन नेपालसँग कुरा गर्दै उनले भने–‘समाजमा अपराध बढ्दो छ । हरेक अपराधका विरुद्ध मानवअधिकारको पालना गर्दै कानुनको परिधिभित्र रहेर आक्रामक ‘पुलिसिङ’ अगाडि बढाउँछु । सबैखाले अपराधविरुद्ध प्रहरी अगाडि बढ्छ । अपराधीलाई कानूनानुसार तह लगाउँछौँ ।’



    तत्काल नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा किन्द्रित भएर सुरक्षा प्रदान गर्ने बताएका नवनियुक्त आईजीपी सिंहले निर्वाचन सम्पन्न भएपछि आफ्ना योजनाहरू सार्वजनिक गर्ने बताए ।

    आज बसेको मन्त्रीपरिषद् बैठकले सिंहलाई २९ औं आईजीपी बनाउने निर्णय गरेको हो । सिंहसँगै विश्वराज पोखरेल, सहकुल थापा र रविन्द्र धानुक आईजीपीको प्रतिस्पर्धामा थिए । उनीहरु सबै एउटै ब्याची भएनी एआईजी बढुवाका कारण पोखरेल र थापा सिंह भन्दा सिनियर प्रहरी अधिकारी हुन् ।

    प्रहरी संगठनभित्र कमाण्डिङ क्षमतामा अब्बल र निष्कलंक छवी बनाउन सफल एआईजी सिंह २०४९ चैत ११ मा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । जिल्ला, प्रदेश र सिआईबी प्रमुख हुँदा ठूला घटनाहरुको सफल अनुसन्धान गरेका एआईजी सिंह सेवा प्रवेशको ३०औं वर्षमा प्रहरी प्रमुख बन्न सफल भएका हुन् ।

    हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आजैबाट अवकाश पाउँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार