Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निर्वाचन अधिकृतलाई धम्की दिएको आरोपमा खड्का पक्राउ

    निर्वाचन अधिकृतलाई धम्की दिएको आरोपमा खड्का पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । पोखराका मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृतविरूद्ध धाक, धम्की र त्रास देखाएको भन्दै वैकल्पिक युवा संगठनका महासचिव अशोक खड्का पक्राउ परेका छन् ।

    नाराबाजी गर्दा मुख्य निर्वाचन अधिकृतमाथि अपमानजनक शब्द र उच्छृङ्खल शब्द प्रयोग गरेको भन्दै कार्यालयले आवश्यक कारबाहीका लागि पक्राउ गर्न र अनुसन्धान अगाडि बढाउन प्रहरीलाई पत्राचार गरेको थियो ।



    दलहरूलाई चुनाव चिह्न दिने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की पोखराको गेटमा उच्छृङ्खल व्यक्तिहरूले निर्वाचन अधिकृतमाथि नै लक्षित गरी धाकधम्की तथा अपमानजनक शब्द बोली भिडियो बनाइ अशोक खड्का नामक व्यक्तिबाट पोस्ट भएको हुँदा, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ दफा २० को उपदफा १ घ अनुसार कारबाही गरिपाउँ । भन्ने बेहोराको पत्र आएका कारण खड्कालाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।



    पोखरा महानगरको मेयर पदका उम्मेदवार खडकराज पौडेल (गनेस) ले बिहानै कार्यालयमा पुगेर लौरो चुनाव चिह्न रोजेका थिए । पछि लौरो चिन्न नदिने भनेपछि अटेरी अभियान चलाएकाहरू निर्वाचन अधिकृतका कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार