Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचन गराउन निर्वाचन अधिकृत नियुक्त

    राष्ट्रपति निर्वाचन गराउन निर्वाचन अधिकृत नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 615
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गराउने गरी उच्च अदालतका न्यायाधीश महेश पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

    सोमवार काठमाडौंको नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै आयोगले न्याय परिषद्को परामर्शलाई पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको जनाएको छ ।



    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई नै मतदानस्थल तोकी २ वटा मतदान केन्द्र निर्धारण गरिएको जनाइएको छ । संघीय संसदका सदस्यले एउटा र प्रदेश सभाका सदस्यले अर्काे मतदान केन्द्रबाट मतदान गर्न पाउनेछन् ।



    राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन, फागुन १३ गते उम्मेदवारी दर्ता, फागुन १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र फागुन २५ गते मतदान हुने कार्यसूची छ ।

    राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार