Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति निर्वाचनका लागि बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

    राष्ट्रपति निर्वाचनका लागि बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 465
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ ।

    कार्यालय उद्घाटन गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने बताए ।



    निर्वाचनको मतपरिणाम साँझ ७ बजेभित्र आइसक्ने जनाइएको छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता फागुन १३ गते गर्नुपर्ने कार्यतालिका छ ।



    राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ।

    सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ हुनेछ । यता दलहरूले राष्ट्रपति उम्मेदवार कसलाई बनाउने टुंगो लगाइसकेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार