Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए फुली

    नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए फुली

    अनलाइन नेपाल
  • सोमबार, १९ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी )धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाएका छन् । गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले दर्ज्यानी चिन्ह लगाएका हुन्।

    आईजीपी सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइ दिएका हुन् । सरकारले आईतवार सिंहलाई आईजीपीमा बढुवा गरेको थियो।



    तर,वरीयताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले आईजीपी बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन् ।



    उनीहरु सर्वोच्च अदालत जाने तयारीमा छन् । प्रहरीमा आईजीपीका चार जना दाबेदार थिए । पोखरेलले आफ्नो ब्याचका चारजना र अघिल्लो ब्याचका ७ जनालाई वरीयता मिचेर उछिनेका थिए।

    जसका कारण प्रहरीको चेन अफ कमाण्डमा समस्या र प्रहरीभित्र असन्तुष्ट सुरु भएको थियो।

    उनी भन्दा सक्षम र क्षमतवान उत्तमराज सुवेदी,  दिवेश लोहनी,  वसन्तकुमार लामा डिआईजी नै छन्। पोखरेललाई केपी ओली, ईश्वर पोखरेल र चोलेन्द्रशमशेरले वरीयता मिच्न साथ दिएका थिए। पोखरेलका लागि नयाँ दरबन्दी खडा गरेर बढुवा गरिएको थियो।

    विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए । यस्तै सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पनि दर्ज्यानी चिन्ह लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार