Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनिता डंगोलविरुद्ध अख्तियारमा उजूरी, शैक्षिक योग्यता ढाँटेर जागिर खाएको आरोप

    सुनिता डंगोलविरुद्ध अख्तियारमा उजूरी, शैक्षिक योग्यता ढाँटेर जागिर खाएको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    उनीविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको हो ।



    शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको भन्दै १६ वैशाखमा कारबाही गरीपाऊँ भन्दै उजुरी दर्ता भएको हो ।



    उजूरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार