Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुनिता डंगोलले भनिन् – डवली संस्कृतिलाई पुनर्स्थापना गर्नेछौँ

    सुनिता डंगोलले भनिन् – डवली संस्कृतिलाई पुनर्स्थापना गर्नेछौँ

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले डबली संस्कृतिलाई पुनर्स्थापना गरिने बताएकी छिन् ।

    विश्व पर्यटन दिवस(२०२२ का अवसरमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले बसन्तपुरमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।



    ‘अमूर्त संस्कृतिको विस्तार गर्ने ठाउँ नै डबली हो । यसबाट प्रदर्शन हुने कलाले शहरलाई जीवन्त बनाउने मात्र होइन । विश्वभर परिचित पनि गराउँछ । त्यसैले हामी डबली पुनर्स्थापनाको सोचलाई पर्यटनसँग जोडेर वर्षभरि काम गर्नेछौं’ डंगोलले भनिन् ।



    कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले जीवन्त सांस्कृतिक शहरलाई प्रबर्द्धन गरेर पर्यटन विस्तार गर्नुपर्ने बताए ।

    ‘महानगरका मौलिकता र यससँग जोडिएका संस्कृति, पर्यटकका रुचीकर छन् । यसलाई स्थानीयबासीको आय र जीविकोपार्जनसँग जोड्नुपर्छ,’ संयोजक संगतले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार