Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • छोरीभन्दा छोरीको उमेरले बोलेको हेर्नुस्, मान्छे पनि हो कि होइन जस्तो लाग्यो : केशव स्थापित

    छोरीभन्दा छोरीको उमेरले बोलेको हेर्नुस्, मान्छे पनि हो कि होइन जस्तो लाग्यो : केशव स्थापित

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रममा मिटूबारे प्रश्न गर्ने भावना राउत माथि आपत्तिजनक टिप्पणी गरेका छन् ।

    काठमाडौं महानगरपालिका–१० मा मंगलबार आयोजित कार्यक्रममा एमाले उम्मेदवार स्थापितले आफ्नो अभिव्यक्तिलाई महिला हिंसा भनिएकोमा असन्तुष्टि जनाए ।



    उनले भने, ‘मैले ठूलो स्वरले कराएपछि महिला हिंसा भइहाल्ने रहेछ ! महिलाले चाहिँ चिथोरे पनि हुने, पछारे पनि हुने, ढुंगाले हाने पनि हुने !’



    नेशनल कलेजको त्यो कार्यक्रममा आफूलाई अनावश्यक रुपमा उत्तैजित पारिएको समेत स्थापितले बताए ।

    ‘छोरीभन्दा छोरीको उमेरले बोलेको हेर्नुस्, बोलीको कर्कशता हेरौं न ! मान्छे पनि हो कि होइन जस्तो लाग्यो । अमानवले बोले जस्तो !’ त्यसपछि मैले भनेको तिमी साह्रै राम्री छौ बाहिरबाट, तर थुतुनो चाहिँ ठीक छैन । म फेरि पनि भन्छु । मेरो प्रवृत्ति यही हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार