Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अल्मुताइरी र खेलाडीबीच विवाद : समाधान गर्न छानबिन समिति गठन गर्दै एन्फा

    अल्मुताइरी र खेलाडीबीच विवाद : समाधान गर्न छानबिन समिति गठन गर्दै एन्फा

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवाद समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले छानबिन समिति गठन गर्ने भएको छ ।

    मंगलबार खेलाडी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच भएको छलफलपछि दुवै पक्ष छानबिन समिति गठन गर्न राजी भएका हुन् ।



    बुधबार छानबिन समिति गठन गर्ने र त्यसले चार दिनभित्र निष्कर्ष निकाल्नेमा खेलाडी सहमत भएको एन्फाका अध्यक्ष शेर्पाले जानकारी दिए ।



    प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीमा असहमति जनाउँदै बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले क्याम्प छाडेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार