Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साताको सेयर बजार : ११७ अंक घट्यो

    साताको सेयर बजार : ११७ अंक घट्यो

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो समय घट्दै गएको सेयर बजार यो साता पनि नराम्ररी ओरालो लाग्यो । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ठूलो गिरावट आएपछि सेयर लगानीकर्ताहरु आत्तिएककाक छन् ।

    साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्रै खुलेको नेप्सेमा ११७ अंकको गिरावट आएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिनमा नेप्से परिसूचक २३५६.१७ अंकमा थियो । जुन, यो साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा ५ प्रतिशतले घट्दै २२३८.६२ अंकमा आइपुगेको हो ।



    यो साता सोमबार, बुधबार र विहीबार मात्रै सेयर कारोबार भयो । आइतबार र मंगलबार सार्वजनिक विदा परेकाले कारोबार बन्द रह्यो । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजारले यस सातापनि घट्दो लयलाई पछ्याएको हो ।



    ३ कारोबार दिनमा ४ अर्ब ३५ करोड रुपैयाँ हाराहारीको कारोबार भएको छ । यो दैनिक औषतमा १ अर्ब ४५ करोड रुपैयाँको कारोबार हो । यस्तै, निरन्तर घटिरहेको सेयर बजारको पूँजीकरण पनि घट्दो स्थितीमा छ । करिब ४४ खर्ब रुपैयाँ पुगेको नेप्सेको पूँजीकरण अहिले ३१ खर्ब रुपैयाँमा आइपुगेको छ । परिसूचक ११७ अंकले घट्दा यसै साता पूँजीकरण १ खर्ब ६६ अर्ब रुपैयाँले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार