Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • १५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार, एक जना पक्राउ

    १५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार, एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    तेह्रथुम । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लालिगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेत रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।



    ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार