Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • परियारको शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगियो

    परियारको शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगियो

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.3K
    SHARES

    चितवन । धारिलो हतियार प्रयोग गरी हत्या गरिएका भरतपुरका अनिल परियार कानको शव पोष्टमार्टका लागि भरतपुर अस्पताल लगिएको छ ।

    हत्यामा संलग्नलाई तत्काल पक्राउको माग गर्दै कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए ।



    बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको रोहवरमा परियारको शव पोष्टमार्टम गर्न कार्यकर्ताहरुले सहमति दिएका हुन् ।



    सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको लागि पहल गर्ने श्रेष्ठले आश्वासन दिएपछि परियारको शव चितवन मेडिकल कलेजबाट निकाल्न दिइएको हो ।

    हत्याको विरोधमा भरतपुरमा एक घण्टा चक्का जाम गरिएको थियो भने कार्यकर्ताले एउटा म्याजिकमा तोडफोड पनि गरेका छन् ।

    भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदान नजिकै आइतबार राति करिब साढे ७ बजेको समयमा अज्ञात समूहले परियारलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार