Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कान हत्या प्रकरण : फरार एक जना पक्राउ

    कान हत्या प्रकरण : फरार एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 906
    SHARES

    चितवन । चितवनमा छुरा प्रहारबाट कान भनिने अनिल परियारको विभत्स हत्या गरेको आरोपमा फरार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भरतपुर महनागरपालिका १५का ३२ वर्षीय तिलक गैरे रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले रुपन्देही प्रहरीको सहयोगमा सिद्धार्थनगर नगरपालिकाबाट गैरेलाई पक्राउ गरेको हो ।



    जिल्लाको भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित पंचेश्वर नगर प्लटिङ्गको भित्री पक्की सडकमा गत वैशाख २५ गते मोटरसाईकलमा आएका व्यक्तिहरूले कानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

    उक्त घटनामा संलग्न रहेका गैरेलाई आवश्यक कारवाहीका लागि चितवन जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचको पाँच दिन अघि परियारको हत्या भएको थियो ।

    नेपाली कांग्रेस वाग्मती प्रदेश प्रतिनिधी तथा दलित संघका पूर्व सदस्य समेत रहेका अनिल परियारमाथि निर्वाचन प्रसारप्रसारको सिलसिलामा खटिएका बेला आक्रमण गरि हत्या गरिएको कांग्रेसले आरोप लगाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार