Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अनिल परियार हत्याकाण्ड : मुख्य आरोपि एक वर्षपछि पक्राउ

    अनिल परियार हत्याकाण्ड : मुख्य आरोपि एक वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    चितवन । भरतपुरमा काने भनिने अनिल परियारको हत्या गर्ने मुख्य प्रतिवादी एक वर्षपछि पक्राउ परेका छन् ।

    चितवनको साविक दिव्यनगर गाविस-७, हालको भरतपुर महनागरपालिका-२६ बस्ने ३८ वर्षीय अजय सिंह भन्ने अशोक भण्डारी मंगलबार बिहान पक्राउ परेका हुन् ।



    भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा रूपन्देहीको बेलहियाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    २०७९ सालको वैशाख २५ गते साँझ साढे ७ बजे भरतपुर महानगरपालिका-७ कृष्णपुरस्थित पञ्चेश्वर नगर प्लटिङको भित्री पक्की पिच सडकमा परियारको धारिलो हतियार छुरी प्रहार गरी हत्या गरिएको थियो ।

    सो हत्याका मुख्य प्रतिवादी भण्डारीलाई निरन्तर खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र रूपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार पक्राउ गरेको जनाइएको छ ।

    उनलाई बुधबार चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । यसअघि पनि उक्त हत्याकाण्डसँग जोडिएका केही व्यक्तिहरू पक्राउ परेर कारबाही भोगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार