Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कान हत्या प्रकरण : हत्याका मुख्य योजनाकार पक्राउ

    कान हत्या प्रकरण : हत्याका मुख्य योजनाकार पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 2.5K
    SHARES

    काठमाडौं । चितवनमा छुरा प्रहारबाट कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

    जिल्लाको भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित पंचेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा गत वैशाख २५ गते मोटरसाईकलमा आएका व्यक्तिहरूले कानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।



    सो घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मुख्य योजनाकार मध्येका तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।



    पक्राउ पर्नेमा भरतपुर-१५ बस्ने ३५ बर्षीय बिश्व भन्ने हेमन्त बास्तोला, वडा नम्बर १२ बस्ने २३ बर्षीय राहुल परियार र माडी नगरपालिका घर भई हाल भीमदत्त नगरपालिका वडा नं १५ मा डेरा गरी बस्ने २५ बर्षीय रोहित सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । बास्तोलालाई काठमाडौं, परियार र सिलवाललाई चितवनबाट पक्राउ गरिएको उनले बताए ।

    पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद अनुमती लिई अनुसन्धान कार्य भइरहेको एसपी अधिकारीले बताए । साथै उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।कानमाथि १० भन्दा बढी ठाउँमा छुरा हानिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार