Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कान हत्यामा पक्राउ परेका प्रदिप भट्टलाई छुटाउन प्रहरीमा चलखेल

    कान हत्यामा पक्राउ परेका प्रदिप भट्टलाई छुटाउन प्रहरीमा चलखेल

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.4K
    SHARES

    चितवन । चितवनमा छुरा प्रहारबाट कान भनिने अनिल परियारको विभत्स हत्या गरेको आरोपमा फरार मध्येका थप एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले कान हत्यामा संलग्न रहेको आरोपमा काठमाडौंबाट प्रदिप भट्ट नामका व्यक्तिलाई पक्राउ गरी गत सोमबार चितवन ल्याएको छ ।

    कान हत्यामा संलग्न भट्टलाई काठमाडौंबाट पक्राउ गरी चितवन ल्याएर अनुसन्धान भइरहेको चितवन प्रहरी स्रोतले बतायो । उनको प्रहरीमा आधा दर्जन भन्दाबढी मुद्धा छन् । भट्टलाई भेट्न रत्ननगर नगरपालिका टाँडीका मेयर प्रल्हाद सापकोटा मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय चितवन पुगेको स्रोतले बतायो ।



    कान हत्याका योजनाकार भट्ट राजनीतिक दबाबमा छुट्न खोजीरहेका छन् । भट्ट फिरौतीका घटनामा पनि मुछिदै आएका छन् । जिल्लाको भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित पंचेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा गत वैशाख २५ गते मोटरसाईकलमा आएका व्यक्तिहरूले कानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।



    सो घटनामा पक्राउ परेका भरतपुर-१५ बस्ने ३५ बर्षीय बिश्व भन्ने हेमन्त बास्तोला र वडा नम्बर १२ बस्ने २३ बर्षीय राहुल परियार पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । भने माडी नगरपालिका घर भई हाल भीमदत्त नगरपालिका वडा नं १५ मा डेरा गरी बस्ने २५ बर्षीय रोहित सिलवाल धरौटीमा रिहा भइसकाछन् । घटनामा संलग्न दुईजना अझै फरार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “कान हत्यामा पक्राउ परेका प्रदिप भट्टलाई छुटाउन प्रहरीमा चलखेल”

    1. […] सो घटनामा पक्राउ परेका भरतपुर-१५ बस्ने ३५ बर्षीय बिश्व भन्ने हेमन्त बास्तोला र वडा नम्बर १२ बस्ने २३ बर्षीय राहुल परियार पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । भने माडी नगरपालिका घर भई हाल भीमदत्त नगरपालिका वडा नं १५ मा डेरा गरी बस्ने २५ बर्षीय रोहित सिलवाल धरौटीमा रिहा भइसकाछन् । घटनामा संलग्न दुईजना अझै फरार रहेका छन् ।   साभार : अनलाईन नेपालबाट […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार