Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • १० भन्दा बढी ठाउँमा छुरा हानेर कसले गर्‍यो कानको हत्या ?

    १० भन्दा बढी ठाउँमा छुरा हानेर कसले गर्‍यो कानको हत्या ?

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ । चितवनमा छुरा प्रहारबाट भरतपुर महानगरपालिका–१२ का  कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो ।

    भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर २८ वर्षीय कानलाई अज्ञात समूहले छुरा हानेको हो प्रहरीले



    छुरा लागेपछि घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिएका थिए ।



    कानमाथि १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ । घुँडाबाट माथि जताततै छुरा हानिएको छ । १० भन्दा बढी ठाउँमा छुरा हानिएको देखिन्छ । प्रहरीले  घटनाको अनुसन्धानका गर्न डिएसपी अधिकारीसहितको प्रहरी टोली परिचालन गरेको छ ।

    काँग्रेसका बागमती प्रदेश प्रतिनिधि समेत रहेका परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।

    प्रारम्भिक अनुसन्धानबाट हत्या चुनावसँग सम्बन्धित नदेखिएको चितवनका एसपी नवराज अधिकारीले वताएका छन्।

    भरतपुर बसपार्कको ठेक्कादेखि असुलीमा  कहलिँदै आएका कान बिभिन्न अपराधमा पटक -पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार