Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कानको हत्या प्रकरण : चितवन प्रहरीको सुरक्षा संयन्त्र फितलो भएको कांग्रेसको ठहर

    कानको हत्या प्रकरण : चितवन प्रहरीको सुरक्षा संयन्त्र फितलो भएको कांग्रेसको ठहर

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.3K
    SHARES

    चितवन । आइतबार साँझ नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि तथा नेपाल दलितसंघ चितवनका पूर्व सदस्य अनिल परियारको चितवनमा हत्या भएसँगै सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठ्न थालेको छ ।

    नेपाली कांग्रेस भरतपुर महानगर कार्यसमिति आज एक विज्ञप्ति जारी गर्दै सुरक्षाको लापरवाही र सुरक्षा संयन्त्र फितलो भएको ठहर गरेको छ । अज्ञात समूहको सांघातिक आक्रमणमा एकान्त स्थलमा आँखामा खुर्सानीको धुलो छर्केर हतियार प्रयोग गरी विभत्स र निर्ममता पूर्वक हत्या भएको पनि कार्यसमितिको दावी छ ।



    कार्यवाहक सभापतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘नेपाली काँग्रेस वाग्मती प्रदेश प्रतिनिधी तथा नेपाल दलितसंघ चितवनका पूर्व सदस्य भरतपुर–१२, चितवन निवाशी श्री अनिल परियार माथि हिँजो साँझ करिब ७ः३० बजेको समयमा निर्वाचन प्रचार प्रशारको शिलशिलामा घर फर्कने क्रममा भरतपुर ७ को खेलमैदान नजिकै अपराधिक मनोवृत्तीका अज्ञात समूहको सांघातिक आक्रमणमा एकान्त स्थलमा आँखामा खुर्सानीको धुलो छर्केर हतियार प्रयोग गरी विभत्स र निर्ममता पूर्वक हत्या गरेको खबरले नेपाली काँग्रेस भरतपुर महानगर समिति र सम्पूर्ण पार्टी पंक्ती स्तब्ध र मर्माहित भएका छौं ।



    भरतपुरको मुटुमा भएको यस किसिमको विभत्सहत्याले सुरक्षाको लापरवाही र सुरक्षा संयन्त्र फितलो भएको ठहर गरेको छौं । यस्तो कार्यले निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र मायादित हुने कुरामा आशंका पैदा भएको छ । त्यसैले सिघातीसिघ अनुसन्धानगरी हत्यामा संलग्न दोसी पहिचान गरी कडा भन्दा कडा कार्यवाहीको जोडदार माग गर्दै दिवंगत आत्माको वैकण्ठ बासको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछौं । जय नेपाल’

    त्यसअघि नेपाली कांग्रेस जिल्ला कार्य समिति चितवनले पनि हत्यामा संलग्नलाई कारबाहीको माग गरेको थियो ।

    जिल्ला कार्य समिति सभापति राजेश्वर खनालले उक्त घटनाको भत्सर्ना गर्दै घटनामा संलग्नको यथाशीघ्र खोजी गरि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

    निर्वाचन प्रचारप्रसारको क्रममा परियारको हत्यामा संलग्न व्यक्ति वा समूहको पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै अन्यथा यस घटनाबाट सिर्जना हुने परिस्थितिको जिम्मेवार प्रशासन नै हुने चेतावनी समेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार