Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कांग्रेस नेता कानको हत्याप्रति पाँच दलीय गठबन्धनको ध्यानाकर्षण, दोषीमाथि कडा सजाय गर्न माग

    कांग्रेस नेता कानको हत्याप्रति पाँच दलीय गठबन्धनको ध्यानाकर्षण, दोषीमाथि कडा सजाय गर्न माग

    सुरक्षा संवेदनशिलतामाथि पनि प्रश्न

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.7K
    SHARES

    चितवन । पाँच दलीय गठबन्धन चितवनले नेपाली कांग्रेस वाग्मती प्रदेश प्रतिनिधी तथा दलित संघका पूर्व सदस्य अनिल परियारको हत्यामा संलग्नको पहिचान गरी कारबाही गर्न माग गरेको छ ।

    पाँच दलिय गठबन्धनले आज संयुक्त विज्ञप्ति जारी गरेर घटना प्रति ध्यानाकर्षण भएको भन्दै दोषी पत्ता लगाई कडा सजाय गर्न सम्बन्धित निकायसँग माग गरेको छ।



    पाँच दलिय गठबन्धनमा रहेका नेताहरुले निर्वाचन प्रसारप्रसारको सिलसिलामा खटिरहेको एक युवामाथि सुनियोजित र सांघातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटनाले स्तब्ध एवं मर्माहित बनाएको उल्लेख गरेका छन् ।



    विज्ञप्तिमा भनिएको छ–‘अनिल परियार हत्याको घटनासम्म आइपुग्दा चितवनमा १ हप्ता वरिपरी भएका श्रृङ्खलाबद्ध घटनाहरु ( बालकुमारी नर्सिङ कलेजमा भएको आक्रमण, २ दिन अगाडी खैरहनी पर्सा बजारमा एक युवक माथी भएको सांघातिक आक्रमण, भरतपुर–७ मा भएको अनिल परियार हत्या काण्ड) ले चितवनको सुरक्षा संवेदनशिलतामा गम्भिर प्रश्न चिन्ह उठाएको छ । उक्त घटनाहरुप्रति खेद प्रकट गर्दै घटनाको यथाशिघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथी कडा भन्दा कडा सजाय गर्न सम्बन्धित निकायसंग जोडदार माग गर्दछौ ।’

    त्यसैगरी पाँच दलीय गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन हुन केही दिन बाँकी रहेको अवस्थामा यस्ता गम्भिर प्रकृतिका घटनाहरुले निर्वाचनमा हुने सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै भयरहित शान्तीपूर्ण निर्वाचनका निम्ति सुरक्षा व्यवस्था तयारी गर्न सरकार समक्ष माग समेत गरेको छ ।

    पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका सभापति राजेश खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष कृष्णा राज न्यौपाने ‘लब्ली’, जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य लोकब गुरुङ र रष्ट्रिय जनमोर्चा पार्टीका उपाध्यक्ष अमरबहादुर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार