Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले बुझाए राजीनामा

    श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले बुझाए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, २६ बैशाख २०७९
  • 1.2K
    SHARES

    तस्बिर : रोयटर्स

    काठमाडौं । श्रीलंकामा आर्थिक संकटका कारण हिंसा बढ्दै जाँदा प्रधानमन्त्री महिन्दा राजापाक्षेको विरोधमा प्रदर्शन भइरहेपछि उनले राजीनामा दिएका छन् ।

    देशव्यापी रुपमा उनको विरोधमा प्रदर्शन भइरहँदा आज राजीनामा आएको हो । श्रीलंकामा आज कर्फ्यू लगाइएको छ ।



    राजापाक्षेको राजीनामाले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद् गठनका लागि मार्ग प्रशस्त हुने सम्भावना देखिएको बताइएको छ ।



    यसअघि राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार एक विशेष बैठकमा प्रधानमन्त्रीलाई देशको राजनीतिक संकट समाधानका लागि राजीनामा दिन आग्रह गरेका थिए ।

    यससँगै राष्ट्रपति राजापाक्षेले संयुक्त मन्त्रिपरिषद्‍ गठनका लागि सर्वदलीय बैठक आह्वान गर्नसक्ने अपक्षा गरिएको छ । तर यसअघि विपक्षी दल समगी जन बालवेगयाका नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए ।

    सोमबार बिहान भने प्रधानमन्त्री निवास नजिकै टेम्पल ट्रीसको अगाडि प्रधानमन्त्रीका समर्थकहरूले उनलाई राजीनामा नगर्न आग्रह गर्दै प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा विरोधीहरूसँग झडप हुँदा उत्पन्न तनाव कम गर्न प्रहरीले कर्फ्यू समेत घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार