Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचन : आज मात्रै प्रचारप्रसार गर्न पाइने, राति १२ बजेबाट मौन अवधि सुरु हुने

    स्थानीय तह निर्वाचन : आज मात्रै प्रचारप्रसार गर्न पाइने, राति १२ बजेबाट मौन अवधि सुरु हुने

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत आज राति १२ बजेबाट मौन अवधि लागु हुँदै छ । स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते हुँदै छ ।

    निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।



    मौन अवधिमा भोट माग्नेलगायत कार्य नगर्न पनि आयोगले आग्रह गरेको छ भने सामाजिक सञ्जालबाट पनि चुनावी प्रचारका सामग्री हटाउन निर्देशन दिएको छ।



    सामाजिक सञ्जालबाट चुनावी प्रचार गरेको पाइए हटाइने पनि आयोगको भनाइ छ। यसका लागि निगरानी गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई जिम्मेवारी दिइएको छ।

    मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्षरविपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार