Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • श्रीलंकामा कानुन तोड्नेलाई गोली हान्ने आदेश, प्रधानमन्त्रीसहित ५० नेताका घरमा आगजनी

    श्रीलंकामा कानुन तोड्नेलाई गोली हान्ने आदेश, प्रधानमन्त्रीसहित ५० नेताका घरमा आगजनी

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । श्रीलंकामा कानुन तोड्ने जोकोहीलाई देख्नासाथ गोली हान्ने आदेश दिइएको छ । सरकार विरोधी हिंसात्मक प्रदर्शन साम्य पार्न सुरक्षाकर्मीलाई यस्तो आदेश दिइएको हो ।

    श्रीलंकाको इतिहासमै पहिलो पटक देखिएको सबैभन्दा विकराल आर्थिक समस्यालाई लिएर प्रदर्शनकारीहरूले राष्ट्रपति गोतावाया राजपाक्षेको राजीनामा मागिरहेका छन् ।



    प्रहरी र प्रर्दशनकारीहरूबीच सडकमा हिंसात्मक भिडन्त भएपछि सोमबार उनका दाजु महिन्दा राजपाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर प्रधानमन्त्रीको राजीनामाले पनि स्थितिलाई शान्त पार्न सकेन । रातभरि पनि हिंसा जारी रहेको थियो ।



    तसर्थ मंगलबार सरकारले सार्वजनिक सम्पत्ति लुटपाट गर्ने वा कसैको जीवनमा खतरा पु¥याउन खोज्ने जोकोहीलाई पनि देख्नासाथ गोली हान्न सेनालाई आदेश दिएको हो । यस्तै सोमबार राति श्रीलंकामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरुको घरमा आगजनी भएको छ ।

    उनीहरुले पनि अन्यत्र शरण लिएर बसिरहेको बताइएको छ । सोमबारदेखि मंगलबारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् ।

    प्रदर्शनकारीले गाडीहरुमा आगजनी र तोडफोड गरेका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेको घर अगाडि ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार