Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सर्लाहीको धनकौलस्थित मतदान केन्द्रमा सेना परिचालन गरेर पुनः मतदान

    सर्लाहीको धनकौलस्थित मतदान केन्द्रमा सेना परिचालन गरेर पुनः मतदान

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1K
    SHARES

    सर्लाही । जिल्लाको धनकौल गाउँपालिका–२ पशु सेवा केन्द्र मतदान स्थलमा नेपाली सेनालाई पहिलो घेरामा राखेर दिउँसो ३ बजेबाट पुनः मतदान गराइएको छ ।

    झण्डै ७ घण्टा अवरुद्ध बनेको मतदान साँझ ५ बजेसम्म चल्ने बताएको छ । दलका कार्यकर्ताहरुबीच पटक–पटक भएको झडपका कारण रोकिएको उक्त मतदान केन्द्रमा पुनः मतदान सुरु गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी गराए ।



    मतदान सफल तरिकाले सम्पन्न गराउनका लागि नेपाली सेनालाई अघि सारिएको पनि उनले बताए । त्यहाँ मतदान सुरु भएको केही छिनमै त्रिपक्षीय झडप भएको थियो ।



    नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद तथा झडप हुन थालेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो । मतदान स्थलमै झडप हुन थालेपछि प्रहरीले दर्जन भन्दा बढी हवाई फायर खोलेको थियो ।

    स्थिति साम्य नभएपछि केही बेरका लागि मतदान अधिकृत सहित मतपेटिका गाउँपालिकास्थित निर्वाचन कार्यालयमा ल्याइएको थियो । त्यसपछि सो मतदान केन्द्रमा नेपाली सेनालाई अघि सारेर निर्वाचन गर्ने रणनीति अनुरुप अहिले पुनः मतदान सुरु भएको हो । सेना मतदान स्थलमा आएपछि मतदान स्थल शान्त बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार