Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आजको मौसम : सातवटै प्रदेशमा वर्षाको सम्भावना

    आजको मौसम : सातवटै प्रदेशमा वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 954
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज बिहान वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।



    आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।



    वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार