Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 912
    SHARES

    काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका हनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।



    कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।



    कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    लुम्बिनी र कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना समेत रहेको छ ।

    आज राति मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार