Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • चीनले पाङ्गोङ तालमा अर्को पुल बनाएपछि भारत त्रसित

    चीनले पाङ्गोङ तालमा अर्को पुल बनाएपछि भारत त्रसित

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    एजेन्सी। चीनले प्याङ्गोङ तालमा अर्को पुल निर्माण गरेको खुलेपछि भारतले अवस्थाको अनुगमन गरिरहेको जनाएको छ ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पत्रकार सम्मेलनमा भने–‘दोस्रो पुल निर्माण भइरहेको प्रतिवेदन हामीले हेरेका छौं । हामीले जहिले पनि कब्जा गरेको भन्दै आएका छौं । चीनसँग वार्ता जारी छ।



    ‘अङ्ग्रेजी अखबार हिन्दुस्तान टाइम्समा प्रकाशित रिपोर्टका अनुसार चीनले पाङ्गोङ तालमा दोस्रो पुल निर्माण सुरु गरेको छ, जुन भारी बख्तरबन्द सवारी साधनको आवागमनका लागि प्रयोग गरिने छ।



    समाचारका अनुसार यसअघि पनि यस क्षेत्रमा चीनले पुल निर्माण गरिसकेको छ, जसलाई भारतले आफ्नो हिस्सा भएको दाबी गर्दै आएको छ ।रिपोर्टका अनुसार पहिलो पुलभन्दा ठीक अगाडि दोस्रो पुल निर्माण भइरहेको छ । पहिलो पुल यसै वर्ष अप्रिलमा सम्पन्न भएको थियो ।

    यस वर्षको जनवरीमा प्याङ्गोङ तालको उत्तरी र दक्षिणी किनारहरू जोड्ने पहिलो पुल निर्माणको बारेमा रिपोर्टहरू बाहिर आएपछि त्यसबेला भारतीय विदेश मन्त्रालयले यो संरचना ६० वर्षदेखि चीनको अवैध कब्जामा रहेको क्षेत्रमा रहेको बताएको थियो । बिबिसी हिन्दी

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार