Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पाण्डे पक्राउ

    सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पाण्डे पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो।



    उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए ।



    युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार