Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ह्वाट्सएप र म्यासेन्जरबाट किशोरीलाई यौन प्रस्ताव राखेपछि सौन्दर्य प्रतियोगिताका आयोजक पक्राउ

    ह्वाट्सएप र म्यासेन्जरबाट किशोरीलाई यौन प्रस्ताव राखेपछि सौन्दर्य प्रतियोगिताका आयोजक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 861
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सौन्दर्य प्रतियोगिताका नाममा सहभागी प्रतियोगीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा फेरि एकजना पक्राउ परेका छन् ।

    प्रतियोगितामा सहभागीले उनीविरूद्ध उजुरी दिएपछि झापाको दमक प्रहरीले दमक–५ का लालबहादुर शंकरलाई पक्राउ गरेको हो ।



    प्रतियोगितामा सहभागी किशोरीहरुलाई ह्वाट्सएप र म्यासेन्जरबाट यौन सम्बन्ध प्रस्ताव राखेको अभियोगमा मिस्टर एण्ड मिस कलेज २०२२ का निर्देशक तथा शंकर आर्ट्स फाउन्डेसनका निर्देशक शंकरलाई प्रहरीले पक्राउ गरेको हो ।



    उनीविरूद्ध उजुरी आएपछि मंगलबार पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थप गरेको दमक प्रहरी प्रमुख डिएसपी दिलिप गिरीले जानकारी दिए । आफूसँग नजिक भए मिस कलेजको उपाधि जिताइदिने प्रलोभन देखाएपछि १७ वर्षीय किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

    किशोरीले यसअघि इलाका प्रहरी कार्यालय दमकमा गत वैशाख २८ मा उजुरी हालेकी थिइन् । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार