Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सौन्दर्य प्रतियोगितामा बलात्कार : पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहार अभियोगमा मुद्दा दायर

    सौन्दर्य प्रतियोगितामा बलात्कार : पाण्डेविरुद्ध मानव बेचविखन र यौन दुर्व्यवहार अभियोगमा मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । सौन्दर्य प्रतियोगीलाई बेहोस बनाएर बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर भएको छ ।

    आज सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरुद्ध अदातलमा मुद्दा दर्ता गरेको हो । पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहार गरि दुईवटा मुद्दा दायर गरिएको सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए ।



    उनका अनुसार बिहीबार मुद्दामा थुनछेक हुने छ । दुवै मुद्दामा गरेर १५ वर्षसम्म जेल सजायको मागदाबी गरिएको पौडेलले बताए ।



    पाण्डेमाथि आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप छ । गत जेठ ७ गते पक्राउ परेका पाण्डे अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार