Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सौन्दर्य प्रतियोगितामा बलात्कार प्रकरण : पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

    सौन्दर्य प्रतियोगितामा बलात्कार प्रकरण : पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    सौन्दर्य प्रतियोगितामा भाग लिएकी किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्धामा अनुसन्धान अघि बढाइएको छ । बलात्कार मुद्धामा अनुसन्धान गर्न हद म्यादले अवरोध पुर्‍याएपछि प्रहरीले त्यसअन्तर्गत अनुसन्धान अघि बढाएको हो ।



    यस्तै पाण्डेविरूद्ध बालयौन दुरूपयोगको पनि जाहेरी परेको थियो। परिसरले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। यसअघि अदालतले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। शरीर बन्धक बनाएर सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो ।

    सुन्दरी प्रतियोगिता आयोजक पाण्डेले आठ वर्षअघि एभरेष्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको पिडित युवतीको आरोप छ । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार