Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सौन्दर्य प्रतियोगितामा बलात्कार : पाण्डेविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन मुद्दाको तयारी

    सौन्दर्य प्रतियोगितामा बलात्कार : पाण्डेविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन मुद्दाको तयारी

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 978
    SHARES

    काठमाडौं । आठ वर्षअघि सम्पन्न सौन्दर्य प्रतियोगितामा सहभागी १६ वर्षीया किशोरीमाथि भएको बलात्कार घटनामा प्रहरीले आरोपितविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

    सामाजिक सञ्जालमा बुधबार पीडित युवतीले सन् २०१४ मा आफू सहभागी रहेको सौन्दर्य प्रतियोगितामा आयोजक मनोज पाण्डेले होटलमा बोलाई झुक्याएर नशालु पदार्थ मिसाई खुवाएको र आफू बेहोस रहेको अवस्थामा होटलको कोठामा लगी बलात्कार गरेको आरोप लगाएकी थिइन् ।



    अभिभावकसँगको पक्षसँगको छलफलपछि प्रहरीले महान्याधिवक्ताको कार्यालय तथा जिल्ला सरकारी वकिललगायतका सरोकारवाला निकायसँग कानुनी परामर्श गरेको थियो। मौजुदा कानुनअनुसार १६ वर्ष वा मुनिका बालिका बलात्कार घटनाको अनुसन्धान तथा मुद्दा अभियोजन १८ वर्ष पूरा भएको मितिले एक वर्षभित्र चलाउनुपर्छ।



    उक्त मुद्दामा समेत कानुनको हदम्यादको प्रश्न उठ्ने र प्रहरीको अनुसन्धान तथा अभियोजन कमजोर नहोस् भनी शरीर बन्धक तथा मानव बेचबिखन अपराधको कसुरअन्तर्गत मुद्दा चलाउने तयारी भएको हो। पीडितका अभिभावक प्रहरीमा उजुरी दर्ता गरिनसकेकाले प्रहरीले कुन अभियोगमा टेकेर मुद्दा अघि बढाउने भन्ने सार्वजनिक गरको छैन ।

    सोमबार पीडितका परिवारले प्रहरीमा उजुरी दर्ता गरेपछि प्रहरीले अदालतबाट अनुसन्धान गर्न अनुमति लिने तयारी गरेको छ। गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार