Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको मृत्यु

    भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    एजेन्सी । भारतको बिहारमा चट्याङ र हावाहुरीका कारण ३३ जनाको मृत्यु भएको छ ।

    शुक्रबार दिउँसो तीव्र गतिमा चलेको हावा हुरी र चट्याङमा परेर बिहारका १६ वटा जिल्लामा ३३ जनाको मृत्यु भएको हो ।



    हावाहुरी र चट्याङले करोडौँ मूल्य बरारबको भौतिक सम्पत्ति पनि नष्ट गरेको खबरमा उल्लेख छ । कयौँ ठाउँमा बिजुलीका खम्बा ढलेका, पुल भत्किएका र रुख ढल्दा घर भत्किएका र सडक बन्द भएका छन् ।



    पटनाको मौसम विभागले अझै केही दिन तीव्र गतिमा हावाहुरी चल्ने पूर्वानुमान गरेको छ ।

    बिहारका मूख्यमन्त्री नितिश कुमारले ज्यान गुमाएका परिवारलाई ४ लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार