Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • हावाहुरीले रुख ढल्दा बर्दियामा एक बालकको मृत्यु

    हावाहुरीले रुख ढल्दा बर्दियामा एक बालकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 861
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बर्दियामा शक्तिशाली हावाहुरीका कारण रुख ढलेर थिच्दा १२ वर्षीय बालकको मृत्यु भएको छ ।

    शनिबार साँझ मधुवन ७ का अमृत थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक थापाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया ल्याइए छ ।



    प्रहरीका अनुसार बाख्रा चराउन गएका थापा हावाहुरी आएपछि सुरक्षित स्थानको खोजीमा एउटा घर नजिकै पुगेका थिए । तर उक्त घर छेउको आँपको रुख ढलेर उनलाई थिचेको थियो ।



    यस्तै हावाहुरीले गर्दा दर्जनौं घरका छाना उडाउनुका साथै ठूलो संख्यामा रुख ढलेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार