Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • उपमेयरमा एमालेकी कन्दकला राना अगाडि

    धनगढी उपमहानगरमा ५७ हजार ४१८ मत गणना, गोपाल हमालले कटाए २५ हजार मत

    धनगढी उपमहानगरमा ५७ हजार ४१८ मत गणना, गोपाल हमालले कटाए २५ हजार मत

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गापाल हमालले अग्रता कायमै राखेका छन् । पछिल्लो विवरणअनुसार ५७ हजार ४१८ मत गणना हुँदा हमालले २५ हजार २१ ल्याएका छन् ।

    उनी ११ हजार ९७० मतले अगाडि छन् । कांग्रेसका नृपबहादुर वडले १३ हजार ५१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका रणबहादुर चन्दले ७ हजार ५६१ मत ल्याएका छन् ।



    यस्तै उपमेयरमा एमालेकी कन्दकला राना १२ हजार ९३६ मतसहित अगाडि छिन् । उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी शान्ती अधिकारीले ११ हजार ७०४ मत ल्याएकी छन् ।



    उपमेयरका स्वतन्त्र उमेदवार प्रभाकर भण्डारीले ६ हजार ३७७ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार