Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत लगियो

    बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत लगियो

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 954
    SHARES

    काठमाडौं । आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका क्रममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

    पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट पक्राउ थियो । उनीविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा म्याद थप गर्ने तयारी छ ।



    पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । पाण्डेकै समूहले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको थियो ।



    सोही क्रममा प्रतियोगिता सकिएपछि सक्सेस पार्टी दिनेभन्दै एक प्रतियोगीलाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोपसहितको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो ।

    उनीविरुद्ध आइतबार यौन दुव्र्यावहारबारे अर्को उजुरी पनि प्रहरीमा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार