Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • श्रीलङ्कामा थप ८ मन्त्रीद्धारा सपथग्रहण

    श्रीलङ्कामा थप ८ मन्त्रीद्धारा सपथग्रहण

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1K
    SHARES

    एजेन्सी । श्रीलङ्कामा गठित नयाँ सरकारमा आठ मन्त्री थप गरिएको छ ।

    उनीहरुलाई सोमबार राष्ट्रपति गोटावाय राजापाक्षसमक्ष सपथ खुवाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।



    देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने भन्दै अघिल्लो हप्ता नयाँ सरकार गठन गरिएको थियो । त्यही सरकार विस्तार गर्ने क्रममा सोमबार ८ मन्त्री थपिएका हुन ।



    राष्ट्रपति राजापाक्षले अघिल्लो हप्ता रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

    देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कटको मुख्य कारण तत्कालीन सरकार भएकाले विघटन गर्नु पर्ने माग गर्दै आन्दोलन भइरहेको थियो ।

    लगातारको आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्षले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि विक्रमासिङ्घेलाई नियुक्त गरिएको हो ।

    नयाँ प्रधानमन्त्री विक्रमासिङ्घेले सरोकारवालाहरुसँग सहकार्य गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप मार्फत आर्थिक सङ्कट समाधानका उपायहरु अपनाउन थालेका छन् । उनको मन्त्रीपरिषद्मा मत्स्यपालन मन्त्री दौग्लास देवानन्द, जल तथा आपूर्ति मन्त्री केहेलीया रामाबुक्वेला, कृषि मन्त्री महिन्दा अमारावीरा र उद्योग मन्त्री रमेश पथिरानालाई बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार