Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दुई शिक्षकद्धारा छात्राहरुमाथि यौन दुर्व्यवहार : अनुसन्धानका लागि पाँच दिन म्याद थप

    दुई शिक्षकद्धारा छात्राहरुमाथि यौन दुर्व्यवहार : अनुसन्धानका लागि पाँच दिन म्याद थप

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका दुई शिक्षकमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप भएको छ ।

    जिल्ला अदालत काठमाडौंले आरोपित दुई शिक्षक जर्नादन अधिकारी र शिक्षक राजनकुमार पौडेलमाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको हो ।



    काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका संयोजक अधिकारी र शिक्षक पौडेल मंगलबार पक्राउ परेका हुन् । कक्षा ११ र १२ का छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार बिहानदेखि कलेजका विद्यार्थीहरुले सेन्ट लरेन्स कलेज र प्रहरी वृत्त गौशालामा आन्दोलन गरेका थिए।



    शिक्षक अधिकारीमाथि केही समययता कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार