Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निर्वाचन सुरक्षामा खटिएर फर्कंदै गरेका प्रहरी कर्मचारी र म्यादी प्रहरीको मृत्यु

    निर्वाचन सुरक्षामा खटिएर फर्कंदै गरेका प्रहरी कर्मचारी र म्यादी प्रहरीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । झापाको धरमपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १-०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।



    प्रहरीका अनुसार मृत्यु हुनेहरू नेपाल प्रहरीका कर्मचारी र एक जना म्यादी प्रहरी रहेको खुलेको छ । उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका ८ का प्रकाश राई र भोजपुरको सडानन्द नगरपालिका ८ का चिचोहाङ राईको मृत्यु भएको छ। प्रकाश प्रहरी कर्मचारी हुन् भने चिचोहाङ म्यादी प्रहरी हुन् ।

    दुर्घटनापछि बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार