Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 774
    SHARES

    सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा मोटरसाइकल दुर्घटना परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेका छन् ।



    गएराति बा४५प ५५४१ नंको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।



    करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार