Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बलात्कार आरोपमा पक्राउ परेका पाण्डेले दिए इन्कारी बयान

    बलात्कार आरोपमा पक्राउ परेका पाण्डेले दिए इन्कारी बयान

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगिताका क्रममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेसँग सरकारी वकिलको कार्यालयले बयान लिएको छ ।

    बयानका क्रममा पाण्डेले आफूले बलात्कार नगरेको भन्दै अस्वीकारी बयान दिएका छन् । पक्राउ परेदेखि नै प्रहरीसँग ‘आफूले बलात्कार गरेको प्रमाणित भए झुण्डिन तयार छु’ भन्दै आएका पाण्डेले सरकारी वकिलसँग पनि सोही कुरा दोहोर्याएका हुन् ।



    प्रहरीले बलात्कार अभियोगमा हदम्यादका कारण उनलाई पक्राउ गर्न नमिल्ने भएपछि मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।



    सोही क्रममा प्रतियोगिता सकिएपछि सक्सेस पार्टी दिनेभन्दै एक प्रतियोगीलाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोपसहितको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको थियो ।

    पीडित युवतीले आफूमाथि अत्याचार भएको भन्दै कल गरेकी पूर्व मिस नेपाल माल्भिका सुब्बासँग पनि प्रहरीले बयान लिइसकेको छ ।

    बयानमा माल्भिकाले पीडित युवतीले फोन गरेको स्वीकारेकी छिन् । उनले त्यो समयमा आफू पनि समस्यामा भएका कारण ध्यान पुग्न नसकेको कुरा प्रहरीलाई बताएकी छन् ।

    प्रहरीले पाण्डेलाई स्वयम्भुबाट जेठ ७ गते पक्राउ गरेको थियो । पीडित युवतीले पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना टिकटकमार्फत सार्वजनिक गरेकी थिइन् ।

    संसदमा समेत बलात्कारको विषयमा आवाज उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा सरकारलाई रुलिङ गरेका थिए । लगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको हो ।

    प्रहरीको परामर्शमा पीडित युवतीलाई जिल्ला अदालतमा निवेदन दिन लगाएर बयान प्रमाणित गरिएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत र जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीहरूले पाण्डेसँग बुधबार बयान लिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार